+
+
Shares

शिक्षा ऐन : महासंघले २ साउनसम्म कुर्ने, पास नभए आन्दोलन गर्ने

२ साउनसम्म विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने तयारी शिक्षक महासंघको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १८:५०
महासंघको अगुवाइमा भएको शिक्षक आन्दोलन/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २ साउनसम्म कुर्ने भएको छ ।
  • महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले सरकारले शिक्षक आन्दोलनको मर्म भावना समेट्न तयार नदेखिएको बताइन्।
  • महासंघले ९ र १० साउनमा केन्द्रीय समितिको बैठक बोलाएको र २ साउनमा पत्रकार सम्मेलन गर्ने योजना बनाएको छ।

२९ असार, काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २ साउनसम्म कुर्ने भएको छ । महासंघको आइतबार बसेको बैठकले २ साउनसम्म ऐन जारी नभए आन्दोलनमा जाने योजना बनाएको छ ।

‘२ गतेसम्म पर्खिन्छौं । सोही दिन नै पत्रकार सम्मेलन गर्छौं । शिक्षक महासंघसँग विगतमा भएको सहमति सरकारले लत्याउँदै गएको छ । शिक्षक आन्दोलनको मर्म भावना समेट्न सरकार तयार देखिएको छैन’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘१५ असारभित्र ऐन जारी गर्ने प्रतिबद्धता पूरा भएन । शिक्षा समितिको बैठक पनि अनिश्चित भएको छ । फेरि आन्दोलनको विकल्प देखिएन ।’

सरकार र शिक्षक महासंघ बीच १७ वैशाखमा ९ बुँदे सहमतिसँगै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर, समय सीमा सकिएको पनि १५ दिन भयो । तर, विधेयक समितिमै अड्किएको छ । सरकारले महासंघको मुद्दालाई बेवास्ता गरेको निष्कर्ष महासंघले निकालेको छ ।

‘समितिमा जुन गतिमा टुंगो लगाउनुपर्ने हो त्यो भएन । शिक्षकलाई अड्कलेर दिनुपर्छ भन्नेमा सरकार प्रस्तुत भयो । शिक्षक कर्मचारीलाई फेरि आन्दोलनमा धकेल्न खोजेको महसुस भएको छ । अझै ४–५ दिन खबरदारी गर्छौं’, उनले भनिन् ।

आन्दोलनबारे अनुमोदन गर्न महासंघले ९ र १० साउनमा केन्द्रीय समितिको बैठक समेत बोलाएको छ ।

‘२ साउनमा पत्रकार सम्मेलन हुन्छ । ९ र १० साउनमा केन्द्रीय समितिको बैठक बस्छ’ महासंघका महासचिव तुलाबहादुर थापाले भने ।

सरकारसँग सहमतिको प्रयास र भेटघाट भइरहेको उनले बताए । ‘हिजो मन्त्रीज्यूसँग भेट भएको थियो । मिल्न दुई तीन वटा कुरा बाँकी छ । तर, सरकारबाट यथार्थ कुरा आएको छैन । शिक्षकको बढुवा, विभागीय कारबाही, अस्थायी शिक्षकको विषय हो । अरूभित्री कुरा के हो यकिन भएको छैन’, महासचिव थापाले भने ।

विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई नदिन महासंघको जोड छ  ।

‘सबै स्थानीयलाई दियो भने शिक्षकको हालत के हुन्छ ?’ महासचिव थापा प्रश्न गर्छन् । गत २० चैतदेखि २९ दिन लामो शैक्षिक हड्ताल गरेर देशभरिका शिक्षकहरू सडक आन्दोलनमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?