
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नागार्जुन नगरपालिका–१५ का ४६ वर्षीय प्रेम गुरुङलाई अवैध विदेशी मुद्रासहित पक्राउ गरेको छ।
- प्रहरीले काठमाडौंबाट बैंकक जान लागेका उनलाई ह्यान्ड ब्यागेज जाँच गर्दा १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८ सय ७० थाई भाट बरामद गरेको छ।
- अवैध रकम फेला परेपछि उनलाई राजस्व अनुसन्धान विभाग, पुल्चोक पठाइदिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
२९ असार, काठमाडौं । नेपालबाट बैंकक जान लागेका नागरिकको साथबाट प्रहरीले विभिन्न मुलुकका अवैध मुद्रा बरामद गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध विदेशी मुद्रासहित नागार्जुन नगरपालिका–१५, कारखाना चोकका ४६ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, थाइ एयरवेजको उडानमार्फत काठमाडौंबाट बैंकक जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा झोलामा बरामद रकम भेटिएको थियो ।
उनको साथमा १३ हजार युरो, २३ हजार ५ अमेरिकी डलर, ६ हजार स्वीस फ्रान्क र १० हजार ८ सय ७० थाई भाट फेला पारी पक्राउ प्रहरीले जनाएको छ ।
अवैध रकम फेला परेपछि प्रहरीले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक पठाइदिएको छ ।
थप अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4