+
+
Shares

पहिरोले बीपी राजमार्ग पुनः अवरुद्ध

लेदोको मात्रा धेरै भएकाले सडक खुलाउन समय लाग्न सक्ने जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । सडक अवरुद्ध भएकोले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते २१:५५
फाइल फोटो

२९ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको रोशी क्षेत्रमा पानी पर्ने वित्तिकै सडक अवरुद्ध भइरहेको छ ।

काभ्रेको रोशी गाउँपालिका-९ पिन्थली र मंगलटार बिरुवाडाँडा र ९ र ११ को सीमाना कालढुङ्गास्थित खहरे खोलाको लेदो खस्दा सडक दुईतर्फी नै पूर्ण अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिए ।

आइतबार साँझ करिब ६ः३० बजे खोलाबाट आएको लेदोले सडक अवरुद्ध भएको उनको भनाइ छ ।

लेदोको मात्रा धेरै भएकाले सडक खुलाउन समय लाग्न सक्ने जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ । सडक अवरुद्ध भएकोले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

अहिले धुलिखेलबाट पूर्व गइरहेको सवारीलाई काभ्रेभञ्ज्याङ र भकुण्डे तथा सिन्धुलीबाट काठमाण्डौ आउने सवारी सिन्धुलीमै रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सूचना जारी गरेर जानकारी दिएको छ ।

बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पहिरोका कारण  सडक अवरुद्ध हुँदै आएको छ । गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

लगातार पहिरो र लेदो खस्ने समस्या देखिन थालेपछि सम्बन्धित निकायहरुलाई समयमै पूर्वतयारी गर्न प्रहरीले अनुरोध गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?