
News Summary
Generated by OK AI. Editorially reviewed.- पपस्टार रिहानाले आफ्नो गर्भावस्थालाई फेसन स्टेटमेन्टमा बदल्न सफल भएकी छिन् र उनका बेबीबम्प फोटो इन्टरनेटमा भाइरल भइरहेका छन्।
- लस एन्जलसमा आयोजित 'स्मर्फ्स' फिल्मको प्रिमियरमा रिहाना दुई बच्चा आरजेडए ३ र रियोटसँग उपस्थित थिइन् र उनको बेबीबम्प आकर्षणको केन्द्र बन्यो।
- रिहाना फिल्म 'स्मर्फ्स'मा कलाकारको रूपमा आवाज दिएकी छिन् र यो फिल्म शुक्रबार विश्वभर रिलिज हुँदैछ।
लस एन्जलस । गर्भावस्थालाई कसरी ‘फेसन स्टेटमेन्ट’मा बदल्न सकिन्छ भन्ने कुरा पपस्टार रिहानालाई राम्रोसँग थाहा छ । उनका ‘बेबीबम्प’ फोटो इन्टरनेटमा भाइरल भइरहन्छन् ।
‘रिरी’ यतिबेला तेस्रो सन्तानलाई स्वागत गर्ने तयारीमा छिन् । आइतबार हलिउड सहर लस-एन्जलसमा आयोजित ‘स्मर्फ्स’ फिल्मको प्रिमियरमा उनी दुई बच्चा आरजेडए ३ र रियोटसँगै उपस्थित थिइन् ।
उनको बेबीबम्प र दुई बच्चा आकर्षणको केन्द्र बने । यो फिल्ममा रिहाना कलाकार पनि हुन् । उनले एक पात्रमा आवाज दिएकी छन् । चकलेट ब्राउन रङको पहिरनमा रिहाना ग्ल्यामर्स देखिएकी छन् ।
फिल्म ‘स्मर्फ्स’ आउने शुक्रबार विश्वभर रिलिज हुँदैछ । यो लाइभ एक्सन र म्युजिकल फिल्मको कथावस्तु ८० को दशकदेखि नै एनबीसी टिभीमा श्रृंखलाको रुपमा आउन लागेको हो ।
यसपटक भने ठूलो पर्दामा दर्शकले ‘स्मर्फ्स’लाई हेर्न पाउनेछन् ।
प्रतिक्रिया 4