+
+
Shares
राष्ट्रिय चलचित्र पुरस्कार २०८२ :

विजय बराल अभिनेता, उपासना अभिनेत्रीतर्फ सर्वोत्कृष्ट

प्रदीप खड्कालाई प्रोत्साहन पुरस्कार

बरालको मुख्य भूमिका रहेको यो फिल्मले कीर्तिमानी व्यापार गर्न सफल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्कार विजय बरालले पूर्णबहादुरको सारंगी फिल्मबाट पाएका छन्।
  • उपासना सिंह ठकुरीले खुस्मा फिल्मबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी छन्।

काठमाडौं । विजय बराल र उपासनासिंह ठकुरी क्रमशः उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बरालले सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेता र ठकुरीले ‘खुस्मा’बाट सर्वोत्कृष्ट अभिनेत्रीको २०८२ सालको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे ।

शीतल निवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विजेताहरूलाई पुरस्कार प्रदान गरे । अवार्ड प्राप्त गरेपछि अनलाइनखबरसँग कुरा गर्दै विजय र उपासना दुवैले जितले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए ।

फिल्म ‘पुजार सार्की’बाट अभिनेता प्रदीप खड्काले प्रोत्साहन पुरस्कार प्राप्त गरे । अभिनेता समेत रहेका दीपकराज गिरीले ‘छक्कापञ्जा ५’बाट उत्कृष्ट पटकथा लेखकको अवार्ड जितेर सरप्राइज दिए ।

चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा ९ विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान २०८२ प्रदान गरियो ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?