+
+
Shares

ठाउँठाउँमा रोकिँदै एक महिनामा सिमकाेट पुगे मालबाहक ट्रक

नरजन तामाङ नरजन तामाङ
२०८२ असार ३० गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली करिडोरका विभिन्न सडक अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट मालबाहक ट्रकहरू हुम्लाको सदरमुकाम सिमकोटमा एक महिना अलपत्र छन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले खार्पुनाथ बेलिब्रिज उद्घाटन गरी हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिएको घोषणा गरेका थिए तर सडक चौडा पार्ने काम नसकिँदा आवागमन रोकिएको छ।
  • ठेकेदारले सिमकोट तल्लो गाउँमा सडक ढलानको काम असार अन्तिमसम्म नसकेपछि २२ वटा मालबाहक ट्रक र बोलेरो जीपहरू अलपत्र छन्।

३० असार, हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट सामान लोड गरी गन्तव्यतर्फ लागेका मालबाहक ट्रक झन्डै एक महिना बित्न लाग्दा हुम्लाको सदरमुकाम सिमकाेट पुगेका छन् ।

कर्णाली करिडाेर भित्रका विभिन्न सडकहरू अवरुद्ध भएपछि महिना दिन पुग्न लाग्दा दैनिक उपभाेग्य वस्तु  र निर्माणका सामान बाेकेका मालबाहक ट्रक हुम्ला सदरमुकाम सिमकाेट पुगेका हुन् ।

८ दिन अघि प्रधानमन्त्री केपी शर्मा ओेलीले हुम्ला पुगेर खार्पुनाथ बेलिब्रिज उद्‌घाटन गरी राष्ट्रिय सडक सञ्जालसँग हुम्ला जाेडिएकाे घाेषणा गरेका थिए । यद्यपि खार्पुनाथ गाउँपालिका-१ मा पर्न बाेक्चे गाैडा र भिइगाैंडामा  सडक चाैडा पार्ने काम नसकिएकाले आवागमन राेकिने गरेको छ ।

सडक नखुलेपछि १६ दिन बाेक्चेगाैंडामै राेकिनु परेको ट्रक चालक पुर्णबहादुर रसाइलीले बताए । बाेक्चेबाट  अघि बढेपछि पनि सिमकाेटस्थित तल्लाे गाउँकाे सडक ढलानकाे काम चलिरहँदा त्यहाँ पनि ६ दिन राेकिनु परेकाे उनले बताए ।

नेपालगञ्जबाट असार पहिलोमा छुटेकाे ट्रक सडक ठाउँठाउँमा अवरुद्ध हुदाँ महिना दिनपछि सदरमुकाम सिमकाेट पुग्दा सास्ती भएको भन्दै कालिकाेट राजकाेट नगरपालिका-१ का टक सहचालक सन्दीप बमले दुखेसो पोखे । ँ

‘हामी चालकहरुले आफ्नो बाटो खर्चका लागि ट्रकमा ल्याएकाे खाध्यान्न पनि सकियाे, सडक अवरुद्ध नहुने हाे भने ४ दिनमा गन्तब्यमा पुगिन्थ्यो तर ठाउँठाउँमा रोकिनु पर्दा निकै सास्ती भयो,’ उनले भने ।

सिमकाेट तल्लाे गाउँमा ठेकेदारले असारकाे अन्तिमसम्म पनि सडक ढलानकाे काम नसकेपछि मालबाहक र बाेलेराे जीप आउजाउ गर्न सास्ती हुँदै आएको छ । अहिले पनि २२ वटा मालबाहक ट्रक सिमकाेट तल्लाे गाउँमा अलपत्र छन् ।

सिमकाेट गाउँपालिका-५ तल्लाे गाउँ सडक ढलान हुदाँ ६ दिनदेखि बाटाेमै राेकिएका ट्रकहरू
सिमकाेट गाउँपालिका-५ तल्लाे गाउँ सडक ढलान हुदाँ ६ दिनदेखि बाटाेमै राेकिएका ट्रकहरू

 

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?