+
+
Shares

सफ्टवारिका कलेजमा ‘टेक एक्स : एलिभेट २०२५’ तेस्रो संस्करण हुँदै

प्रदर्शनीमा २० भन्दा बढी रोबोटिक्स र एआई–आधारित प्रोजेक्टहरू राखिने कलेजले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले ३२ असारदेखि ४ दिनसम्म प्रविधि उत्सव \'टेक एक्स : एलिभेट २०२५\' को तेस्रो संस्करण कलेज परिसरमा सञ्चालन गर्नेछ।
  • प्रदर्शनीमा २० भन्दा बढी रोबोटिक्स र एआई–आधारित प्रोजेक्टहरू राखिने र २० भन्दा बढी स्टार्टअपले नवप्रवर्तन र व्यावसायिक मोडेल प्रस्तुत गर्नेछन्।
  • २५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहने रोजगार मेलामा विद्यार्थीले हजारौं रोजगारीका अवसरमा प्रत्यक्ष पहुँच पाउने अपेक्षा गरिएको छ।

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले प्रविधि उत्सव ‘टेक एक्स : एलिभेट २०२५’ को तेस्रो संस्करण ३२ असारदेखि सुरु गर्दैछ । ४ दिनसम्म चल्ने प्रविधि उत्सव कलेजकै परिसरमा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार टेक एक्स : एलिभेट प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलता अभिव्यक्तिको उत्कृष्ट प्ल्याटफर्मका रूपमा स्थापित हुँदै आएको छ । तेस्रो संस्करण अझ व्यापक, नवीन र प्रेरणादायी हुने विश्वास आयोजकको छ ।

प्रदर्शनीमा २० भन्दा बढी रोबोटिक्स र एआई–आधारित प्रोजेक्टहरू राखिने जनाइएको छ । कलेजका विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालित २० भन्दा बढी स्टार्टअपले आफ्नो नवप्रवर्तन, विचार र व्यावसायिक मोडेल प्रस्तुत गर्नेछन् ।

२५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागिता रहने दुई दिने रोजगार मेलासमेत हुने आयोजकले जनाएको छ । उक्त मेलामा सहभागी विद्यार्थीले हजारौं रोजगारीका अवसरमा प्रत्यक्ष पहुँच पाउने अपेक्षा गरिएको छ ।

कार्यक्रम स्नातकदेखि स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि यो सुनौलो अवसरका रूपमा हेरिएको छ ।

यसमा भविष्यका टेक लिडरहरू, रोजगारी खोज्दै गरेका आईटी विद्यार्थीहरू, नवप्रवर्तनशील सोच भएका स्टार्टअप फाउन्डरहरू, लगानीकर्ता, मेन्टर र उद्यम सहयोगकर्ता, मिडिया, शिक्षक तथा इन्फ्लुएन्सरहरू सहभागी हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?