+
+
Shares

वर्षाको प्रश्न : महिला कलाकारलाई प्रोत्साहन गरिदिने अध्यक्ष कहिले पाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय चलचित्र अवार्ड ९ विधामा वितरण गरेको छ।
  • अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक संजालमा महिला कलाकारलाई प्रोत्साहन नपाएको भन्दै बोर्ड अध्यक्ष दिनेश डीसीलाई प्रश्न गरेकी छन्।
  • अभिनेता प्रदीप खड्काले प्रोत्साहन पुरस्कार पाएका थिए र केकी अधिकारी लगायतले वर्षाको समर्थन गरेका छन्।

काठमाडौं । चलचित्र विकास बोर्डले हरेक वर्ष राष्ट्रिय चलचित्र अवार्ड वितरण गर्छ । राष्ट्रपति भवनमा आयोजना हुने समारोहमा राष्ट्रपतिले अवार्ड वितरण गर्ने परम्परा छ ।

आइतबार २०८२ सालको राष्ट्रिय चलचित्र अवार्ड वितरण भयो । ९ विधासहित प्रोत्साहन लगायतका अन्य विधामा पनि अवार्ड बाँडियो । हुन त हरेक अवार्डपछि टिका टिप्पणी भैरहन्छ । यसवर्ष पनि सेलिब्रेटीदेखि सामाजिक संजाल प्रयोगकर्ताले अवार्डको नतिजामा टिप्पणी गरिरहेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक संजालमार्फत अवार्डलाई ‘महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने’ भन्दै प्रश्न गरेकी छन् ।

उनी लेख्छिन्, ‘लौ नायकज्यूहरुलाई मात्रै प्रोत्साहन गर्नुस, हामी महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामिले कहिले पाउने ?’ उनले अवार्डका विजेताको सूची समेत सेयर गर्दै बोर्ड अध्यक्ष दिनेश डीसीलाई मेन्सन गरेकी छन् ।

अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट प्रोत्साहन पुरस्कार पाएका थिए । वर्षाले स्टाटसमा कुनै व्यक्ति तोेकेर टिप्पणी त गरेकी छैनन् तर उनको यो आक्रोश र असन्तुष्टिको निशाना प्रदीपतिर सोझिएजस्तो देखिन्छ ।

उनको यो स्टाटसमा अभिनेत्री केकी अधिकारी, निर्माता निर्मल शर्मा, निर्देशक दीपक रौनियार, अभिनेता हरिहर अधिकारी, निर्देशक मोहन राई लगायत लाइक गर्दै समर्थन जनाएका छन् । कतिपयले गतवर्ष रिलिज भएको फिल्म केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ले पनि अवार्ड पाउनुपथ्र्यो भन्दै टिप्पणी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?