
News Summary
Generated by OK AI. Editorially reviewed.- बरुण हाइड्रोपावर कम्पनीले १ बराबर १ अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ।
- हकप्रद सेयरबाट कुल ५३ करोड ५८ लाख रुपैयाँ संकलन गरिनेछ र रकमले क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजना पुननिर्माण र जलशक्ति हाइड्रो कम्पनीमा लगानी गरिनेछ।
- कम्पनीले केयर रेटिङ नेपालबाट बीबी संकेत पाएको छ र बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
३१ असार, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन खुलेको छ ।
कम्पनीले १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जेठ २१ गतेसम्म कायम सेयरधनीले आफूसँग भएको सेयर संख्या बराबरकै लागि प्रतिकित्ता १ सयका दरले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रवन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । अनलाइन प्रणाली मेरो सेयरमार्फत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धकले जनाएको छ ।
हकप्रद सेयरबाट संकलित रकमबाट क्षतिग्रस्त हेवाखोला जलविद्युत् आयोजनाको पुननिर्माण गरिने र सोका लागि १ करोड ५८ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
त्यस्तै जलशक्ति हाइड्रो कम्पनीमा लगानी र अधिग्रहण गर्न ५२ करोड रुपैयाँ प्रयोग हुने कम्पनीले जनाएको छ । हकदप्रद सेयरबाट कुल ५३ करोड ५८ लाख रुपैयाँ संकलन हुनेछ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले केयर रेटिङ नेपालबाट बीबी संकेत पाएको छ । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ छ ।
प्रतिक्रिया 4