+
+
Shares

विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन : ऊर्जामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १२:३२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा विधेयक ल्याउँदा नआत्तिन आग्रह गर्दै संशोधनसहित अघि बढ्न सकिने बताए।
  • उनले आरसीओडी समस्या समाधानका लागि समिति गठन गरिएको र भूमि प्राप्तिका लागि कानुन परिमार्जन गर्न सकिने जानकारी दिए।
  • मन्त्री खड्काले ऊर्जा आयोजनाको आईपीओ रोक्न आवश्यक नरहेको र सरकार ऊर्जा क्षेत्रको विकासमा खुला रहेको स्पष्ट पारे।

३१ असार, काठमाडौं ।  ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताए ।

मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको जिकिर गरे ।

ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने उनको भनाइ छ ।

मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको  उनको जिकिर छ ।

उनले स्पष्ट उद्देश्यका साथ ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।

उनले आरसीओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताए ।

भूमि प्राप्तिका समस्या छन् भने कानुन परिमार्जन गरेर अघि बढ्न सकिने उनले बताए ।

२८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने उनले बताए । विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने उनले स्पष्ट पारे ।

‘स्पष्ट उद्देश्यका साथ हामी ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्छ । आरसीओडीको समस्या छ । त्यसका लागि हामीले कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निर्क्योल गरिहरेका छौँ । भूमि प्राप्तिका लागि के समस्या हो ? त्यसको लागि कानुन परिमार्जन गरेर अघि बढ्छौँ । ऐनमाथि छलफल भइरहेको छ । ऐन ल्याउनै हुँदैन भन्ने कुरा त्यत्ति राम्रो कुरा होइन । समयानुकूल हाम्रा कानुनहरू परिमार्जित गर्दै जानुपर्छ,’ मन्त्री खड्काले भने ।

मन्त्री खड्काले ऊर्जा आयोजनाहरुको आईपीओ रोक्न कुनै आवश्यक नरहेको भन्दै संवादमार्फत समाधान गर्न सकिने बताए । ऊर्जा क्षेत्रको विकासका लागि सरकार खुला रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?