
बिहेपछि नवविवाहित जोडी एक रोमान्टिक यात्राका लागि हनिमूनमा जान्छन् । यो पूर्ण रुपमा एउटा निजी अन्तरंग भ्रमण हो । हनिमुन केवल यो नव विवाहित जोडीहरू रोमान्टिक समय बिताउन परिवारभन्दा टाढा जाने काम मात्र होइन, उक्त अन्तरंग पलमा उनीहरुले विना कुनै हस्तक्षेप तथा संकोच एक अर्कालाई राम्रोसँग बुझ्ने र चिन्ने मौका पाउँछन् ।
तर, अब यो मान्यतामाथि ठाडो चुनौती उत्पन्न भएको छ । अहिले एउटा यस्तो ट्रेन्ड देखिन थालेको छ, जसमा नवविवाहित जोडीसँगै उनीहरुका बुवाआमाहरू समेत सँगै हनिमुनमा गईरहेका छन् ।
आफ्ना आमाबुवा तथा परिवारका अरु कुनै सदस्य समेतलाई साथमा लिएर नवविवाहित जोडीहरू हनिमूनमा जाने यो अनौठो नयाँ ट्रेन्डले सोसल मिडियामा एक नयाँ बहस छेँडिदिएको छ ।
न्युयोर्क पोस्टका अनुसार सोसल मिडियामा चलिरहेका चर्चाहरूबाट के देखिएको छ भने कतिपय आमाबुवाहरू आफ्ना छोरा वा छोरीहरुको हनिमूनमा उनीहरुसँगै गइरहेका छन् । सोसल मिडिया प्लाटफर्म रेडिटमा WhiteLotusHBO नामक एक प्रयोगकर्ताले एउटा पोस्टमा लेखेका छन् – आमा हनिमुनमा किन आइरहनु भएको छ ?
उनको उक्त पोस्टमा प्रतिक्रिया जनाउनेहरुको बाढी नै आएको छ ।
ती प्रतिक्रियाहरुबाट के थाहा हुन्छ भने बुवाआमालाई समेत हनिमूनमा सँगै लैजाने एक नयाँ ट्रेन्ड अहिले चलिरहेको छ ।
एकजना रेडिट प्रयोगकर्ताले लेखेका छन् – मेरा एकजना छिमेकी थिए । उनका सासूससुरा उनीसँगै हनिमूनमा गएका थिए । वास्तवमा नयाँ जोडीलाई उनीहरुले नै हवाईमा हनिमून मनाउने उपहार प्रदान गरेको हुँदा उनीहरुसँगै आफूहरु जान पाउँछौं भन्ने उनीहरुलाई लाग्यो । कस्तो अनौठो परिवार !
त्यस्तै अर्का एकजनाले लेखेका छन् – जब आमाबुवा वा सासूससुरालाई हनिमूनमा आमन्त्रित गरिन्छ भने त्यसबेला नवविवाहित जोडीका लागि छुट्टै बेडरुम हुन्छ । त्यसैले यसमा कुनै समस्या देख्दिनँ ।
त्यस्तै एकजना महिलाले आफू हनिमुनमा जाँदा ५ महिनाको गर्भवती रहेको र त्यसबेला पतिले माछा समाउनका लागि उनका भाइलाई पनि सँगै लगेको खुलासा गरेकी छिन् ।
त्यस्तै अर्का एकजनाले चाहिँ आफ्नो पहिलो बिहेको हनिमूनका क्रममा होटलमा आफूहरुकै छेउको कोठामा सासू बसेको बताएका छन् ।
न्युयोर्कस्थित एनवाइयू ल्यांगोन हेल्थका मनोवैज्ञानिक थिया ग्यालाघरका अनुसार हनिमूनमा परिवारजनलाई समेत सँगै लैजानु एक रोचक अवधारणा हो । तर, यो कुरा आमाबुवासँगको आफ्नो सम्बन्ध र जिवनसाथीको सहमतिमा भर पर्ने उनको धारणा छ । यसमा दुवैको सहमति आवश्यक पर्ने उनी बताउँछन् ।
प्रतिक्रिया 4