+
+
Shares

कम्पनीहरूले ३२ असारसम्म विवरण बुझाए ९० प्रतिशत छुट पाउने

ऐन बमोजिम कुनै कम्पनीले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी २०८२ असार मसान्तभित्र बुझाए जरिबानामा ९० प्रतिशत छुट दिइने कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १७:३६

३१ असार, काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले असार मसान्तसम्म कम्पनीहरूले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन बुझाए ९० प्रतिशत छुट पाउने कार्यालयले जनाएको छ ।

कम्पनी ऐन २०६३ (संसोधन सहित) को दफा ८१ को उपदफा (७) मा यो उपदफा प्रारम्भ हुँदाका बखत ऐन बमोजिम कुनै कम्पनीले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी २०८२ असार मसान्तभित्र बुझाए जरिबानामा ९० प्रतिशत छुट दिइने कार्यालयले जनाएको छ ।

कार्यालयले कानुनी व्यवस्था अनुसार कम्पनीहरूले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन ३२ असार अपराह्न ५ बजेभित्र अनलाइन माध्यमबाट ‘क्यामिस’ प्रणालीमा प्रविष्ट गरिसक्नु पर्ने सूचना जारी गरेर जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?