
News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई मन्त्रालयमा सरुवा गरेको छ।
- शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारीलाई अध्यागमन विभागको जिम्मेवारी दिइएको छ।
- विमानस्थल अध्यागमन कार्यालय प्रमुख विष्णुप्रसाद कोइराला र खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको पनि सरुवा गरिएको छ।
३१ असार, काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक परिवर्तन गरेको छ । हालका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारीलाई विभागको जिम्मेवारी दिइएको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइराला समेत आजै गृह मन्त्रालयमा सरुवा भएका छन् । उनी त्यहाँ गएको एक महिना पनि पूरा भएको थिएन ।
नयाँ विमानस्थल प्रमुख अध्यागमन अधिकृतमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको सरुवा भएको छ । खोटाङको सीडीओमा कल्पना श्रेष्ठको सरुवा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4