+
+
Shares

दुई महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १७:४२
बायाँः नरहरि घिमिरे । दायाँः विष्णुप्रसाद कोइराला ।

३१ असार, काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई दुई महिना नपुग्दै जिम्मेवारीबाट हटाएको छ ।

मंगलबार गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएको हो । उनलाई ६ जेठमा पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमनमा ल्याइएको थियो ।

अख्तियारले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि छानबिन गरिरहेको थाहा पाएपछि मन्त्रालयले उनलाई हटाएर कोइरालालाई जिम्मेवारी दिएको थियो । भोलिपल्ट कोइराला हाजिर हुन आउन नपाउँदै अख्तियारले विमानस्थलमा छापा मारेको थियो । सहसचिव भट्टराई पक्राउ परेका थिए ।

पछि हाजिर जमानतमा उनी छुटेका थिए । अहिले उनको ठाउँमा आएका कोइरालालाई समेत हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई यो जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?