+
+
Shares

कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १८:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको कालीगण्डकी करिडोर दुई दिनदेखि अवरुद्ध भएर मंगलबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ।
  • आइतबार बिहान कालीगण्डकी गाउँपालिका–६ बर्लवा र वडा नं. १ गरगरे सडक खण्डमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
  • गुल्मी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले पहिरो हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको र सवारी आवागमन पुनः सुचारु भएको बताए।

३१ असार, गुल्मी । दुई दिनदेखि अवरुद्ध रहेको गुल्मीको कालीगण्डकी करिडोर मंगलबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ ।

आइतबार बिहान कालीगण्डकी गाउँपालिका–६ बर्लवा र वडा नं. १ गरगरे क्षेत्रको सडक खण्डमा चट्टानसहितको ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार पहिरोले सम्पूर्ण सडक पुरिएको हुँदा सवारी आवागमन ठप्प भएको थियो ।

ठूलो चट्टानसहितको पहिरो हटाउन निरन्तर प्रयासपछि मंगलबार दिउँसोबाट सडक सुचारु भएको उनले बताए ।

सडक सुचारु भएपछि सवारीसाधनहरू पुनः गन्तव्यतर्फ आवतजावत गर्न थालेका छन् । पहिरोका कारण दुई दिनसम्म यात्रुहरू र स्थानीयवासीले सास्ती भोग्नु परेको थियो।

यात्रुहरूको सुविधाका लागि स्थानीय तह, प्रहरी र सडक कार्यालयको समन्वयमा पहिरो पन्छाउने कार्य तीव्र रूपमा अघि बढाइएको थियो ।

लगातारको वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका छन् । वर्षात सुरुपछि कालिगण्डकी करिडोर निरन्तर अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?