+
+
Shares

कोरम नपुगेपछि संसद् बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको आजको बैठक कोरम नपुगेर स्थगित भएको छ।
  • सभामुख देवराज घिमिरेले पानी जहाज सञ्चालन सम्बन्धी विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा सांसद रुपा सोशी चौधरीले गणपूरक संख्या यकिन गर्न माग गरिन्।

३१ असार, काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभामा पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि छलफल थियो । छलफलपछि सभामुख देवराज घिमिरेले पानी जहाज सञ्चालन विधेयकलाई बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्न खोजे ।

त्यसबेला नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीलेले गणपूरक संख्या यकिन गर्न माग गरिन् ।

३ मिनेट घण्टी बजाएर चेक गर्दा ६९ सांसद उपस्थित नरहेको पाइएपछि प्रतिनिधिसभाको बैठक स्थगत भयो ।

सभामुखले सभामा ६१ जना मात्रै उपस्थित रहेको जानकारी सभालाई गराए । २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?