
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालपे कार्डमा आबद्ध भएको छ।
- एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे।
- एनपीएस–एनसीएस प्रणालीले कार्ड कारोबारको राउटिङ, सेटलमेन्ट र डाटा लोकलाइजेसनमा सघाउ पुर्याउनेछ र डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
३१ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ‘नेपालपे कार्ड’ मा आबद्ध भएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्विच (एनपीएस–एनसीएस) तथा नेपालपे कार्डमा आबद्ध भएको हो ।
सम्झौतापत्रमा एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनपीएस–एनसीएस पूर्वाधार तयारी पूरा भएसँगै एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालकै आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड–इस्यु र अक्वायर गर्न आग्रह गरेको छ । कमर्सियल रोलआउटपछि एनआईएमबीले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड जारी गर्ने र प्रयोग गराउने सुविधा उपलब्ध गराउने छ ।
एनपीएस–एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूबीच अन्तरसम्बन्ध स्थापित गर्दै कार्ड कारोबारको राउटिङ, सेटलमेन्ट र डाटा लोकलाइजेसनमा सघाउ पुर्याउने छ । यसले कार्ड कारोबार लागत घटाउने, प्रविधिमा आत्मनिर्भरता बढाउने र डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4