
News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८१/८२ मा ३३ परियोजनामा २ खर्ब ७३ अर्ब रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।
- द्विपक्षीय निकायबाट ४३ अर्ब ५१ करोड र बहुपक्षीय निकायबाट २ खर्ब २९ अर्ब ५३ करोड बराबरको सहायता प्रतिबद्धता प्राप्त भएको छ।
- सरकारले सबैभन्दा बढी प्रतिबद्धता विश्व बैंक र एसियाली विकास बैंकबाट प्राप्त गरेको छ र वातावरण तथा पूर्वाधारमा केन्द्रित परियोजनामा खर्च गर्ने योजना छ।
३२ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७३ अर्ब रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।
अर्थ मन्त्रालयका अनुसार यस वर्ष कुल ३३ परियोजनामा उक्त रकम बराबर वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको हो ।
यसरी प्राप्त प्रतिबद्धतामध्ये द्विपक्षीय निकाय (मुलुक) बाट ४३ अर्ब ५१ करोड र बहुपक्षीय निकायबाट २ खर्ब २९ अर्ब ५३ करोड बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।
अर्थ मन्त्रालयका अनुसार यस वर्ष अनुदानतर्फ ५७ अर्ब ५० करोड र ऋणतर्फ २ खर्ब १५ अर्ब ५४ करोड प्रतिबद्धता आएको छ । जुन क्रमश: २१.०६ र ७८.९४ प्रतिशत हो ।
सरकारले यस वर्ष सबैभन्दा बढी प्रतिबद्धता विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त गरेको छ ।
द्विपक्षीय निकायमा बढी सहायता प्रतिबद्धता जापानबाट आएको देखिन्छ । यस वर्ष आएको कुल प्रतिबद्धतामध्ये धेरैजसो वातावरण र पूर्वाधारमा केन्द्रित छ ।
दीर्घकालिन पूर्वाधारतर्फ यातायातमा विश्व बैंकबाट सरकारले झन्डै ५० अर्ब ऋण लिने गरी सम्झौता गरेको छ । यो रकम पुल स्तरोन्नति तथा मर्मत कार्यक्रम र नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार सुधार परियोजनामा खर्च गर्ने गरी सम्झौता गरिएको हो ।
काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार गर्न एडीबीसँग २३ अर्ब ८ करोड रुपैयाँ बराबर सहायता लिइँदैछ ।
यस वर्ष सम्झौता भएका परियोजना र प्रतिबद्धता रकम :
प्रतिक्रिया 4