+
+
Shares

२ करोड बढी राजस्व छलीका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका-३२, पुराना सिनामंगलस्थित पञ्चमुखी चोकबाट ३८ वर्षीय चिनियाँ नागरिक यु वाङलाई २ करोड १९ लाख ७६ हजार मूल्य बराबरको विद्युतीय सामग्रीसहित पक्राउ गरिएको छ।
  • वाङले अनुमतिविना विद्युतीय उपकरण बिक्री वितरण गरी राजस्व छली गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रहरी उपरीक्षक काजीकुमार आचार्यले वाङले नेपाल भित्र्याएको कच्चा पदार्थबाट विद्युतीय उपकरण उत्पादन तथा प्रशोधन गर्ने गरेको जानकारी दिएका छन्।

३२ असार, काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलबाट राजस्व छलीका २ करोड बढीको विद्युतीय उपकरणसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३२, पुराना सिनामंगलस्थित पञ्चमुखी चोकबाट २ करोड १९ लाख ७६ हजार मूल्य बराबरको विद्युतीय सामग्रीसहित ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका हुन् ।

वाङले पञ्चमुखी चोकस्थित पाँच तले घर भाडामा लिएर अनुमतिविना विद्युतीय उपकरण बिक्री वितरण गरी राजस्व छली गरेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वाङले विना बिलबिजकको ल्यापटपका पार्टपुर्जा तथा ब्याट्री, सीसी क्यामेरा, एचडी क्यामेरा, घडी लगायतका विद्युतीय उपकरण बिक्री गर्ने गरेको पाइएको छ ।

वाङले उक्त विद्युतीय उपकरणहरूको कच्चा पदार्थ नेपाल भित्र्याएर उत्पादन तथा प्रशोधन गर्ने गरेको सूचनाको आधारमा मंगलबार उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?