+
+
Shares

नवनिर्वाचित परिसंघ पदाधिकारी र अर्थमन्त्रीबीच छलफल

परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य राखेको अध्यक्ष पाण्डेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते २०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच अर्थ मन्त्रालयमा छलफल भएको छ।
  • परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले १ खर्ब अमेरिकी डलरको अर्थतन्त्र र दोहोरो अंकको आर्थिक वृद्धि लक्ष्य राखेको बताए।
  • अर्थमन्त्री पौडेलले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार सक्रिय रहेको र सीमा क्षेत्रमा कडाइ गर्ने बताए।

३२ असार, काठमाडौं । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ ।

नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका छन् ।

परिसंघ अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा निजी क्षेत्रले राखेको बताए ।

परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १ खर्ब अमेरिकी डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको पाण्डेले बताए ।

१ खर्ब डलरको अर्थतन्त्र एवं दोहोरो अंकको आर्थिक वृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन सुरु गरेको जानकारी समेत उनले दिए ।

अध्यक्ष पाण्डेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न एवं उधारो उठाउने ऐन ल्याउन आग्रह गरे ।

छलफलमा अर्थमन्त्री पौडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिँदै परिसंघले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको बताए । उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई सरकारले अपनत्व लिएको र कार्यान्वयन प्रक्रियामा लगिसकेको बताए ।

चरणबद्ध रूपमा अगाडि बढाउनुपर्ने सुझावलाई सोही अनुरुप अगाडि बढाइने उनले बताए । अवैध कारोबारका कारण सबैभन्दा ठूलो असर सरकारको राजस्वमा परेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न आग्रह गरे ।

अर्थमन्त्रीसँगको छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू राजबहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदुषी राणा, महानिर्देशक डा. घनश्याम ओझा लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?