+

युवा स्टार यमाललाई बार्सिलोनाको आइकोनिक ‘१० नम्बर’ जर्सी

२०८२ साउन  १ गते ७:१३ २०८२ साउन १ गते ७:१३
युवा स्टार यमाललाई बार्सिलोनाको आइकोनिक ‘१० नम्बर’ जर्सी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस क्लब बार्सिलोनाले युवा स्टार लामिन यामललाई क्लबको ऐतिहासिक १० नम्बर जर्सी प्रदान गरेको छ।
  • यमालले भनेका छन्, 'बाल्यकालदेखि मेरो सपना बार्सिलोनाको पहिलो टिममा खेल्नु र १० नम्बर लगाउनु थियो।'
  • बार्सिलोनाले यमालसँग सन् २०३१ सम्मका लागि सम्झौता नवीकरण गरेको छ र उनले च्याम्पियन्स लिग जित्न लक्ष्य राखेका छन्।

१ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युवा स्टार लामिन यामललाई क्लबको ऐतिहासिक १० नम्बर जर्सी प्रदान गरेको छ। यो जर्सी सन् २००८ देखि २०२१ सम्म अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले लगाएका थिए।

केही दिनअघि आफ्नो १८औं जन्मदिन मनाएको यमालले अब यो जर्सी आगामी सिजनदेखि लगाउनेछन्। यसअघि मेस्सी बाहिरिएपछि बार्सिलोनामा १० नम्बरको जर्सी अन्सु फातीको थियो । उनी पनि एएस मोनाकोमा लोनमा गएका छन्।

यमालले नयाँ जर्सीबारे भनेका छन्, ‘बाल्यकालदेखि मेरो सपना बार्सिलोनाको पहिलो टिममा खेल्नु र १० नम्बर लगाउनु थियो। मेस्सीले आफ्नो बाटो बनाएका छन्, म मेरो बनाउनेछु।’

१० नम्बर जर्सी मेस्सीसँगै रोनाल्डिन्हो, रिभाल्डो, रोमारियो र डिएगो माराडोनाजस्ता चर्चित खेलाडीहरूले पनि लगाउने गरेका थिए।

सन् २०२२-२३ को सिजनमा बार्सिलोनासँग आबद्ध भएका यमालले पहिलो सिजन १ खेल मात्र खेल्दा त्यसयता १०३ खेल खेलेका छन् र २५ गोल गरेका छन्।

उनले दुई ला लिगा, एक कोपा डेल रे र एक सुपरकोपा जितेका छन्। भर्खरै मात्र बार्सिलोनाले उनीसँग सन् २०३१ सम्मका लागि सम्झौता नवीकरण गरेको छ ।

यमालले अबको लक्ष्य बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्नु भएको बताए ।

जर्सी नं १० बार्सिलोना लामिन यमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय