+
+
Shares

‘अड लट’ कारोबार आदेश मार्केट डेप्थमा देखिन थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नेप्सेले मार्केट डेप्थमा अंकित मूल्य १ सय भएका कम्पनीका लागि १ देखि ९ कित्तासम्मको अड लट कारोबारको आदेश देखिने बनाएको छ।
  • नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, “पहिले पनि अड लट सेयर कारोबार गर्न नमिलेको होइन, तर पहिले मार्केट डेप्थमा देखिँदैनथ्यो, अहिले देखिने भएपछि कारोबारमा सहज हुनेछ।”
  • धितोपत्र कारोबार विनियमावली २०७५ अनुसार अंकित मूल्य १ सय भएमा १० कित्ता भन्दा कमको कारोबारलाई अड लट भनिन्छ।

१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि सेयर बजारमा ‘अड लट’ कारोबार सहज बनेको छ ।

बिहीबारदेखि नै नेप्सेले मार्केट डेप्थमा ‘अड लट’ कारोबारको आदेश देखिने बनाएको छ । अंकित मूल्य १ सय भएका कम्पनीको हकमा १ देखि ९ कित्तासम्मको सेयर आदेश देखिने भएको छ । योसँगै अब १ देखि ९ कित्तासम्मको सेयर किनबेच सजिलो हुनेछ ।

‘पहिले पनि अड लट सेयर कारोबार गर्न नमिलेको होइन, तर पहिले मार्केट डेप्थमा देखिँदैनथ्यो, अहिले देखिने भएपछि कारोबारमा सहज हुनेछ’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ।

धितोपत्र कारोबार विनियमावली २०७५ मा ‘अड लट’ कारोबार सम्बन्धी व्यवस्था छ । यसअनुसार अंकित मूल्य १० भएमा १०० कित्ता, अंकित मूल्य १०० भएमा १० कित्ता र अंकित मूल्य १ हजार भएमा १ कित्तासम्मको कारोबारलाई अड लट भन्ने गरिन्छ ।

प्रायः सेयरमा अंकित मूल्य १ सय हुने गरेकाले तिनका हकमा १० कित्ताभन्दा कमको संख्यालाई ‘अड लट’ भन्ने गरिन्छ ।

‘अड लट’ कारोबारले सो कम्पनीको मूल्य परिवर्तन, समूहको सूचक तथा नेप्सेमा भने कुनै प्रभाव नपर्ने पराजुलीले बताए ।

अब नेप्सेको वेबसाइटमा रहेको मार्केट डेप्थमा गई ‘अड लट’को आदेश हेरेर आफ्नो टीएमएसमार्फत ‘अड लट’को संख्या तथा मूल्य म्याच गराइ कारोबार गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?