+
+
Shares

विदेश भ्रमणका नतिजा फलदायी छ वा छैन भन्ने अध्ययन हुनुपर्छ : सांसद नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १४:४८

१ साउन, काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले जनताको करबाट हुने विदेश भ्रमणबाट भएका उपलब्धीबारे ध्यान दिनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्ने कुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने भन्ने आरोप छ । त्यो भाष्यलाई चिरेर विदेश भ्रमणबाट के सिकेर के लागू गर्‍यौं भन्ने कुराको अध्ययन गर्नुपर्छ,’ सांसद नेम्वाङले भने ।

अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सीमित हुन थालेको टिप्पणी पनि उनले गरे ।

अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे ।

‘यत्तिकै त नैराश्यता र नकारात्मकताको हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ । महत्त्वपूर्ण कुराहरू जनताले क्लियरल्ली सुन्न पाउँदा राम्रो हुन्छ । कानुनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो,’ सांसद नेम्वाङले भने ।

बेलायती संसदका अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुराहरू मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षाअनुसार कामहरु गर्दै जानुपर्ने उनको भनाइ थियो ।

‘बेलायतमा भएको संसदीय अभ्यास कुन तरिकाले आफ्नो अभ्यासलाई निरन्तरता दिन्छन्, काम गर्छन् भन्ने हो । हामीले जनता र देशको भूगोललाई मध्यनजरमा राखेर काम गर्नुपर्छ,’ सांसद नेम्वाङले भने, ‘किनभने बेलायतको व्यवस्था यहाँ सिकिरहँदा हुबहु नेपालमा लागू गर्न सक्छौँ की सक्दैनौँ, हुबहु लागू नहुन सक्छ । तर उहाँहरूको ज्ञान र अनुभव लिइरहनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?