+
+
Shares

आवको पहिलो दिन सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन सेयर बजार ७५.८४ अंकले बढेर नेप्से परिसूचक २८७० अंकमा पुगेको छ।
  • आज २३९ कम्पनीको मूल्य बढ्दा ९ कम्पनीको घटेको र कारोबार रकम १६ अर्ब ५९ करोड पुगेको छ।
  • सबै समूहका सूचक बढेका छन् र ट्रेड टावर, शुभम् पावर, थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ।

१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो ।

सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढे ।

तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?