+
+
Shares
टिभी सिरिज :

सुटिङसँगै पठनपाठन गर्न ‘ह्यारी पोर्टर’का बालकलाकारको लागि स्कुल निर्माण

८ देखि १० वर्षसम्म छायांकन चल्नेछ । यसबीच, सिरिजमा अभिनय गर्ने बाल कलाकारको पठनपाठनलाई ख्याल राख्दै निर्माता कम्पनी वार्नर ब्रोजले अस्थायी विद्यालय नै निर्माण गरिदिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोर्टर’को नयाँ श्रृंखलाको छायांकन वार्नर ब्रदर्स स्टुडियो लिभेस्डेनमा सुरु भएको छ।
  • वार्नर ब्रोजले बाल कलाकारको पठनपाठनको लागि अस्थायी विद्यालय निर्माण गर्ने अनुमति थ्री रिभर्स डिस्ट्रिक्ट काउन्सिलबाट पाएको छ।
  • ‘ह्यारी पोर्टर’ श्रृंखला सन् २०२७ मा एचबीओ र एचबीओ म्याक्समा रिलिज हुनेछ।

विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोर्टर’को नयाँ श्रृंखलाको छायांकन केही दिनदेखि सुरु भएको छ । नयाँ सिरिजमा सबै बालकलाकार हुनेछन् ।

८ देखि १० वर्षसम्म छायांकन चल्नेछ । यसबीच, सिरिजमा अभिनय गर्ने बाल कलाकारको पठनपाठनलाई ख्याल राख्दै निर्माता कम्पनी वार्नर ब्रोजले अस्थायी विद्यालय नै निर्माण गरिदिने भएको छ ।

ती बाल कलाकारको वास्तविक जीवनको अध्ययन नबिग्रियोस् भनेर सिरिज निर्माता कम्पनीले स्कुल बनाइदिन लागेको हो । वाटफोर्ड नजिकै रहेको वार्नर ब्रदर्स स्टुडियो लिभेस्डेनलाई थ्री रिभर्स डिस्ट्रिक्ट काउन्सिलले अर्को दशक सम्मको लागि स्कुल संचालन गर्न र ‘पोर्टेबल भवन’ बनाउन अनुमति दिएको बीबीसीले जनाएको छ ।

भीडभाडको समयमा ६०० विद्यार्थीले प्रयोग गर्न मिल्ने गरि कक्षाकोठा डिजाइन गरिएको छ । भेराइटीका अनुसार सप्ताहन्तको ५ः३० देखि ८ः३० बजेसम्म यी बालकलाकारले स्कुलमा अध्ययन गर्न सक्नेछन् । यो अध्ययन तालिका रात्री छायांकन, पुनःछायांकन र छायांकन थलोलाई हेरेर तय गरिएको छ ।

कुनै निश्चित सिरिजलाई लक्षित गरेर विद्यालय निर्माण गर्न लागिएको भन्ने कुरा खुलाइएको त छैन तर, कुनै नयाँ सिरिजलाई ८ देखि १० वर्षसम्म स्टुडियो बनाउन लागिएको भन्ने कुरा उल्लेख छ ।

लिभेस्डेनमा सिरिजको छायांकन सुरु भएकै दिन सोमबार यस्तो घोषणा गरिएको हो । एचबीओका अनुसार गत सेप्टेम्बरमा शीर्ष भूमिकाको लागि अडिसन आह्वान गर्दा ३२ हजार बालबालिकाले आवेदन दिएका थिए ।

‘ह्यारी पोर्टर’ श्रृंखला सन् २०२७ मा एचबीओ र एचबीओ म्याक्समा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?