+
+
Shares

एकदेव लिम्बुको ‘झिमझिम’ भारतका ५० भाइरल गीतको स्फोटीफाई सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्करको सहकार्य गीत ‘झिमझिम’ स्पोटीफाईमा ‘भारतका ५० भाइरल गीत’को सूचीमा समावेश भएको छ।
  • गतसाता देखि सूचीमा समावेश गीत अहिले ४९ औं स्थानमा रहेको छ र ‘रेड मार्क’ले गीत सूचीमा झर्ने क्रममा रहेको जनाउँछ।
  • ‘झिमझिम’ गीत नेपालमा युट्युबको संगीत खण्डतर्फ चौंथो स्थानमा छ र अहिलेसम्म २ करोड पटक हेरिएको छ।

काठमाडौं । गायक एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्करको सहकार्य गीत ‘झिमझिम’ स्पोटीफाईमा ‘भारतका ५० भाइरल गीत’को सूचीमा समावेश भएको छ ।

गतसातादेखि सूचीमा समावेश गीत अहिले ओरालो लागेर ४९ औं स्थानमा छ । ‘रेड मार्क’को अर्थ यो गीत सूचीमा झर्ने क्रममा छ भन्ने हो । लिम्बुको नेपाली गीत ‘झिमझिमाउने आँखा’ पनि उक्त सूचीमा समेटिएको थियो ।

उनको अघिल्लो गीतमा भारतीय रियालिटी शो ‘स्पिलिटभिल्ला’को पाँचौ सिजनकी प्रतियोगी दिकिला शेर्पाले अभिनय गरेकी थिइन् । उनको क्रेजको कारणले पनि उक्त गीत त्यतिबेला ट्रेन्डिङमा आउने अनुमान छ ।

‘झिमझिम’ नेपालमा युट्युबको संगीत खण्डतर्फ चौंथो स्थानमा छ । यो गीतलाई अहिलेसम्म युट्युबमा २ करोड पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?