+
+
Shares

गाउँका घरदेखि खेतसम्म हस्ताक्षर अभियान लिएर पुग्छौं : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १७:२९

१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापतिविरुद्ध प्रतिशोध भएको भन्दै चलाएको हस्ताक्षर अभियान गाउँका घरदेखि खेतसम्म पुर्‍याउने बताएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सह-कोषाध्यक्ष दीपक बोहोराले यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार, अहिलेसम्म २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन भएको छ ।

जसका लागि ४६ लाख १२ हजार ६३६ खर्च भएको पनि उनले जानकारी दिए ।

‘हालसम्म २५ दिन अभियान चलेको छ । अभियान अझै जारी छ । हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरको नेतृत्वले अभियानको नेतृत्व गरेको छ,’ बोहोराले भने, ‘रोपाइँ सकिएको छैन होला हामी खेतमै जान्छौं, घरमै जान्छौं र सही नगरेका मान्छेलाई सही गर्न भन्छौं । हस्ताक्षर नगरेका मान्छेलाई भन्छौं ।’

साथै, उनले नेपाल भारत सीमाक्षेत्र, उपनिर्वाचन हुने क्षेत्र, देश तथा विदेश जताततै आफूहरूको अभियान चल्ने पनि बताए ।

‘नेपाल भारतको सीमामा पनि राख्छौं । उपचुनाव हुने सबै वडामा बुथ राख्नेछौं । बर्खा र खेतीपातीका कारणले गाउँस्तरमा नपुगेको हो कि भन्ने छ,’ उनले भने, ‘रास्वपाका समितिले अभियानको नेतृत्व गरिरहेका छन् । विदेशमा पनि बढी नेपाली रहेका देशमा केन्द्रीय स्तरकै नेताहरू जाने र अभियान सञ्चालन गर्ने ।’

देशका सातै प्रदेशसहित केन्द्रीय कार्यालयमा पनि अहिले अभियान सञ्चालन भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?