
१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् ।
उनीहरूबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न कोइराला उनकै निवास खुमलटारमा पुगेका थिए ।
स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
झण्डै २ घण्टा प्रचण्डसँग वार्ता गरेर कोइराला फर्किसकेका छन् ।
‘अहिलेका पछिल्ला सबै घटनाक्रमबारे विस्तृत कुराकानी भएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जोडिएका पछिल्ला काण्डबारे त कुरा नहुने कुरै भएन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4