
१ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाएपनि पछिल्लो समय बरालिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको बताए ।
कांग्रेस कार्यालय सानेपामा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने,‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो ।’
निर्वाचन अघिको समय सुविधा नभएको थापाले बताए । ‘बेला बेला प्रधानमन्त्रीले के भनेको सुन्छु भने अब एक वर्ष म हुन्छु । एकवर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु । त्यो हिसाबकिताबको बारेमा अहिले कुरा नगरौं,’ थापाले भने,‘सरकार भनेको दिन गनेर बस्ने हो र ? अब हामी ३६५ दिनबाट घट्यो अब ३६४, ३६३ दिन भयो हाम्रो पालो आयो भन्दै बस्ने हो र ?’
प्रतिक्रिया 4