
१ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ ।
विधान मस्यौदा समिति तयार पार्ने जिम्मा पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका हुन् । प्रस्तावमा वरिष्ठ उपाध्यक्ष राखिएको छैन ।
प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था ल्याइएको थियो । हाल उक्त पदमा ईश्वर पोखरेल छन् । तर अब वरिष्ठ उपाध्यक्ष पद नराख्ने प्रस्ताव गरिएको छ ।
उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या पनि घटाउने प्रस्ताव गरिएको छ । प्रस्तुत प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछ ।
अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव छन् । पौडेल पौडेलले ल्याएको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले धारणा राखिरहेका छन् ।
साथै, उनले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव पनि अघि सारेका छन् ।
प्रतिक्रिया 4