+
+
Shares

मनोज गजुरेल, शैलेन्द्र सिंखडाले ‘८२ सालको गाईजात्रा’ प्रहसन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते २०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हास्यकलाकार मनोज गजुरेल र ब्यंग्य कवि शैलेन्द्र सिंखडाले साउन २३ देखि २७ गतेसम्म प्रज्ञा भवन कमलादीमा '८२ सालको गाईजात्रा' नामक प्रहसन प्रस्तुत गर्ने भएका छन्।
  • सुबोध गौतम, सुमन कार्की, पशुपति शर्मा लगायतका युवापुस्ताका चर्चित कमेडियनहरूले पनि उक्त प्रस्तुति दिनेछन्।
  • यसवर्षको गाईजात्रा साउन २५ गते मनाइनेछ।

काठमाडौं । हास्यकलाकार मनोज गजुरेल र ब्यंग्य कवि शैलेन्द्र सिंखडाले यसवर्ष पनि गाईजात्रा प्रस्तुति दिने भएका छन् । यतिबेला यो समूहका कमेडियन प्रस्तुतिको तयारीमा ब्यस्त छन् ।

‘८२ सालको गाईजात्रा’ नाम दिइएको यो प्रहसन साउन २३ देखि २७ गतेसम्म प्रज्ञा भवन कमलादीमा आयोजना हुने भएको छ । उनीहरूसँगै युवापुस्ताका चर्चित कमेडियन पनि जोडिएका छन् ।

सुबोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी, युमी गौतमले पनि प्रस्तुति दिनेछन् ।

यसवर्षको ’गाईजात्रा’ साउन २५ गते मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?