+
+
Shares

एमालेमा बलियो नेतृत्व सुनिश्चित भयो : शंकर पोख्रेल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा बलियो नेतृत्व सुनिश्चित भएको बताएका छन्।
  • एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो।
  • पोख्रेलले फेसबुकमा \'विधि निर्माणको अन्योल अन्त्य भएको छ\' लेखेका छन्।

२ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाटीमा बलियो नेतृत्व सुनिश्चित भएको बताएका छन् ।

राति सकिएको सचिवालय बैठकपछि शुक्रबार बिहान फेसबुक मार्फत उनले एमालेमा विधि निर्माणको काम सकिएको संकेत गरकेा हुन् ।

‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ,’ उनले लेखेका छन् ।

बिहीबार बसेको एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो । यो पृष्ठभूमिमा महासचिव पोख्रेलले पार्टीमा बलियो नेतृत्व सुनिश्चित भएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?