
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार स्थानीय बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ।
- शुक्रबार कालीमाटी बजारमा प्याजको थोक भाउ प्रतिकिलो ३ देखि ४ रुपैयाँले घटेर ४४ देखि ४५ रुपैयाँमा किनबेच भएको छ।
- बजारमा नेपाली र भारतीय दुवै प्रकारका प्याज किनबेच भइरहेका छन्।
२ साउन, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार प्याजको भाउमा गिरावट आएको देखाएको हो ।
आज शुक्रबार कालीमाटी बजारमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँ घटेको छ । बिहीबार प्याज प्रतिकिलो ४७ देखि ४८ रूपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्याज प्रतिकिलो ४४ देखि ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आइतबार ४५ देखि ४७ रुपैयाँमा किनबेच भएको प्याज सोमबार ४४ देखि ४६ रुपैयाँ थियो । मंगलबार स्थिर रहेको प्याजको भाउ बुधबार भने प्रतिकिलो १ रुपैयाँले बढेर ४५ देखि ४७ रुपैयाँमा किनबेच भएको थियो ।
अहिले बजारमा नेपाली र भारतीय दुवै प्याज किनबेच भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4