+
+
Shares

सरकारी अड्डादेखि प्रहरी र बैंकका नक्कली कागजात बनाएको आरोपमा एक व्यक्ति पक्राउ

पक्राउ परेका खड्कामाथि लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्कालाई महाराजगञ्जबाट पक्राउ गरेको छ।
  • खड्कामाथि लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ।
  • सीआईबीका प्रवक्ता युवराज अड्डाले खड्काले सरकारी कार्यालय, अदालत, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाका कागजातहरु नक्कली बनाउने गरेको बताए।

२ साउन, काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ३१ असारमा महाराजगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कामाथि लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनले विभिन्न सरकारी कार्यालयहरु, अदालत, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाका कागजातहरु नक्कली बनाउने गरेको पाइएको सीआईबीका प्रवक्ता युवराज अड्डाले बताए ।

उनीबाट टियुदेखि सीटीइभीटी, एचएसईबी, एनईबीको होलोग्राम समेत बरामद भएको छ । बैंकहरुका रबर स्ट्याम्प शैक्षिक संस्थाको प्रमाणपत्रहरु पनि बरामद भएका छन् ।

विगत दुई वर्षदेखि उनले नक्कली कागजात बनाउने गरेको पाइएको प्रवक्ता खड्काले बताए । प्रहरी, नापी, वडा, कर कार्यालयदेखि राजनैतिक दलका कागजात समेत उनले नक्कली बनाउने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?