
News Summary
Generated by OK AI. Editorially reviewed.- मोहित सुरीको निर्देशनमा बनेको फिल्म 'सैयारा' शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
- फिल्मले पहिलो दिन भारतमा हिन्दी संस्करणमा मात्र २० करोडको आक्रामक ओपनिङ गर्ने देखिएको छ।
- यशराज प्रोडक्सनले निर्माण गरेको यो फिल्मले बिहिबार रातीसम्म १.९५ लाख एड्भान्स टिकट बिक्री गरेको छ।
मुम्बई । ‘आशिकी २’ फेम्ड बलिउड निर्देशक मोहित सुरीको नयाँ फिल्म ‘सैयारा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । नवोदित कलाकार अहान पाण्डे र अनिता पद्डालाई शीर्ष भूमिकामा लिएर बनाइएको यो म्युजिकल रोमान्टिक ड्रामाको चर्चा यतिबेला खुबै छ ।
रिलिजअघि नै एड्भान्स टिकट बिक्रीमा उछाल ल्याएको यो फिल्मले पहिलो दिन नै आक्रामक ओपनिङ गर्ने प्रक्षेपण छ । डेब्यु कलाकारलाई लिएर मोहित सुरीले निर्देशन गरेको यो फिल्मले अन्य स्टारका फिल्मको ओपनिङलाई पनि पछाडि पार्ने देखिएको छ ।
एड्भान्स बुकिङ र ट्रेन्डलाई हेर्दा यो फिल्मले पहिलो दिन भारतमा हिन्दी संस्करणमा मात्र २० करोडको ओपनिङ गर्नसक्ने जनाइएको छ । यो संख्यामा अझै बढोत्तरी हुनसक्ने अनुमान पिंकभिल्लाले गरेको छ ।
प्रसिद्ध फिल्म ब्यानर यशराज प्रोडक्सनले निर्माण गरेको यो म्युजिकल रोमान्टिक फिल्मको चर्चा सुरुदेखि नै छ । ‘आशिकी’ फ्रेन्चाइजको लाभ पनि यो फिल्मले उठाउन सक्ने जनाइएको छ ।
विहिबार रातीसम्म फिल्मले १.९५ लाख एड्भान्स टिकट बिक्री गरेको जनाइएको छ । पीभीआर, आइनक्स र सिनेपोलिस चेनमा फिल्मले उक्त परिमाणमा अग्रिम टिकट बिक्री गरेको हो ।
‘सैयारा’ले सिकन्दर, रेड २, हाउसफुल ५ र सितारे जमीन पर जस्ता चलचित्रको प्रि-सेललाई उछिनेको छ । यसले ‘छावा’पछि सन् २०२५ को दोस्रो ठूलो अग्रिम बुकिङको स्थान हासिल गर्यो । यसअघि ‘छावा’ले प्रि-सेल्समा २ लाख २३ हजार टिकट बेचेको थियो ।
प्रतिक्रिया 4