+
+
Shares

एमाले जिल्ला पदाधिकारीमा महिला अनिवार्य (प्रस्तावसहित)

‘धारा ३१ को २. मा उल्लिखित उपसचिव–२ को सट्ट कम्तिमा एक महिला सहित उपसचिव २ भन्ने उल्लेख गर्ने’, विधानको प्रस्तावमा भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको पार्टी विधान संशोधन प्रस्तावमा जिल्ला पदाधिकारीमा महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।
  • दुई उपसचिवमध्ये कम्तिमा एक जना महिला हुनुपर्ने व्यवस्था विधानमा समावेश गर्ने प्रस्ताव गरिएको छ।
  • पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद हटाउने र केन्द्रीय कमिटीको संरचना परिवर्तन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

२ साउन, काठमाडौं । नेकपा एमालेको पार्टी विधान संशोधन प्रस्तावमा जिल्ला पदाधिकारीमा महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।

दुई उपसचिवमध्ये एक जना अनिवार्य महिला हुनुपर्नेछ । दुई उपसचिव भन्ने व्यवस्थाले महिला समेट्न बाध्यकारी नगरेको तर्क गरिएपछि विधानमै व्यवस्था गर्न लागिएको हो ।

‘धारा ३१ को २. मा उल्लिखित उपसचिव–२ को सट्ट कम्तिमा एक महिला सहित उपसचिव २ भन्ने उल्लेख गर्ने’, विधानको प्रस्तावमा भनिएको छ । जिल्ला कमिटीको आधार पनि घटाउने प्रस्ताव गरिएको छ । सदस्य संख्याका आधारमा तोकिएको संख्यामा जिल्ला कमिटी हुने प्रस्ताव गरिएको छ ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको आधार २५१ र पदाधिकारी १५ जना हुने पनि व्यवस्था गरिएको छ ।

प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ५ जना हुनेछन् । वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?