+
+
Shares

नेसपा (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते १४:१७

३ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ ।

पार्टीका महासचिव सोनाम सिंह स्याङतानका अनुसार यसअघि पनि पार्टीले ३ महिने प्रशंसा अभियान सञ्चालन गरेको र अभियान प्रभावकारी भएको छ ।

‘हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौं । प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो । जनताको मुद्दाहरू हो । यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो,’ उनले भने ।

उनले प्रशंसा अभियान २ भनेर अब पाँच महिने अभियान सञ्चालन हुने जानकारी दिए । प्रशंसा अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनका रुपमा रहेको पनि उनले बताए ।

‘तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ । अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौं । ०८४ को निर्वाचन आउन करिब डेढ वर्ष बाँकी छ,’ उनले अघि भने, ‘पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर हामी अघि बढिरहेका छौँ । पार्टीको आन्तरिक शक्ति सुदृढिकरण गर्ने काममा हामी लागेका छौं ।’

उनका अनुसार पार्टीले ०८४ को निर्वाचनलाई लक्षित गरेर पार्टीको आन्तरिक संगठन सुदृढिकरण, विस्तार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?