 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको क्लाइन्ट सर्भिसेस कम्पनीले २०१२ देखि ६० देखि ९४ वर्ष उमेर समूहका महिलालाई प्रतिघण्टा ३३ सय येनमा हजुरआमा भाडामा दिने सेवा प्रदान गर्दै आएको छ।
- 'OK Grandma' सेवा अन्तर्गत १०० भन्दा बढी वृद्ध महिलाहरूले जीवन अनुभव र सीपमार्फत घर सफाइ, बच्चा हेरचाह लगायत आत्मीय सेवा उपलब्ध गराउँछन्।
- यस सेवाले जापानी समाजमा व्यस्तता र एक्लोपनको बीचमा अनुभव र साथ प्रदान गर्दै लोकप्रियता हासिल गरेको छ।
यो दुनियाँमा पैसा तिरेपछि अब सबै कुरा पाइने हुन थालेको छ। यसको उदाहरण जापानको ओके हजुरआमा सेवा हो ।
क्लाइन्ट सर्भिसेस नामक जापानी कम्पनीले प्रदान गर्दै आएको एक अनौठो तर भावनात्मक सेवा ‘Ok Grandma’ पछिल्ला वर्षहरूमा निकै लोकप्रिय बन्दै गएको छ ।
यसमा हजुरआमा भाडामा लिन पाइन्छ । प्रतिघण्टा ३३ सय जापानी येन अर्थात् करिब ३ हजार रुपैयाँ शुल्क तिरेपछि ६० देखि ९४ वर्ष उमेर समूहका महिलालाई हजुरआमाको रुपमा भाडामा लिने सुविधा यो कम्पनीले उपलब्ध गराएको छ । साथै यसमा परिवहन तथा अन्य फुटकर खर्चहरू समेत व्यहोर्नुपर्छ ।
सो कम्पनीले घर सफाइ, बच्चाको हेरचाह, र घरपालुवा जनावरको सेवाजस्ता विविध घरायासी सेवा मात्र होइन निकै जिवनोपयोगी अनि जीवनका असहज अवस्थाहरूलाई सहज बनाउने सेवाहरू पनि प्रदान गर्दै आएको छ ।
कम्पनीले आफ्नो सट्टामा अरु कुनै व्यक्तिलाई कार्यक्रममा सहभागी हुन पठाउनेदेखि प्रेमसम्बन्ध टुंग्याउने वा जागिरबाट राजीनामा दिलाउने लगायतका सेवा समेत प्रदान गर्ने गरेको छ ।
ती मध्ये पनि सबैभन्दा भावनात्मक र आत्मीय सेवा भनेको ओके ग्राण्ड मा सेवा हो । जसलाई स्थानीय भाषामा OK Oppa–Chan भनिन्छ। कम्पनीले सन् २०१२ मा यो सेवा सुरु गरेको थियो। अहिले यो कम्पनीको सबैभन्दा लोकप्रिय सेवामध्ये एक बनेको छ।
अनुभव, आत्मीयता र सहारा दिने सेवा
‘OK Grandma’ सेवा अन्तर्गत कार्यरत १०० भन्दा बढी वृद्ध महिलाहरूले जीवनका आरोह–अवरोह पार गरेर हासिल गरेका अनुभव र सीपमार्फत अरूलाई साथ दिने काम गर्छन्। उनीहरूमध्ये कतिपय परम्परागत जापानी खानाका कुशल भान्से छन् भने केही बच्चा हेरचाह वा घर सफाइमा निपुण छन्। युवा युवती तथा किशोरकिशोरीका लागि त्यस्ता हजुरआमाहरूको आत्मीय उपस्थिति, धैर्य र व्यवहारिक सुझावहरू निकै उपयोगी र लाभदायी बन्दछन्।
‘OK Grandma’ को आधिकारिक वेबसाइटमा भनिएको छ: पाको उमेरको फाइदा भनेको स–साना कुराले विचलित नहुनु हो। हजुरआमाहरूको जीवन अनुभव, धैर्य र न्यानोपनले अरूलाई निकै राहत दिन सक्छ।
हजुरआमा भाडामा लिने यो सेवा लिएका धेरैले आफ्नो आफ्नो व्यक्तिगत अनुभव शेयर गर्दै त्यसबाट आफूलाई निकै लाभ पुगेको जनाएका छन् । एक युवतीले भनेकी छिन्– म प्रेमीलाई एक्लै गएर ब्रेकअप भन्न सक्दिनथेँ, त्यसैले म चाहन्थेँ त्यसबेला हजुरआमा पनि मसँगै जानुहोस्।
त्यस्तै अर्को एक प्रयोगकर्ताले आफ्नो विवाहमा आफन्तहरूको अभाव महसुस भएपछि भाडाकी हजुरआमालाई परिवारको सदस्यको रूपमा सहभागी गराएका थिए।
अनौठा तर अर्थपूर्ण सेवा : संस्कृतिको प्रतीक
स्मरण रहोस् जापानमा विभिन् अनौठा खालका सेवाहरु उपलब्ध गराउने चलन नौलो होइन। यसअघि अधबैंशे उमेरका पुरुषहरूलाई भाडामा लिने Ossan Rental, मोटो मानिसलाई भाडामा लिने Debucari तथा सम्बन्ध विच्छेद गराउने Wakaresaseya जस्ता रोचक र चर्चित सेवाहरू जापानमा लोकप्रिय बनिसकेका छन् ।
तर ती मध्ये हजुरआमा भाडामा लिने सेवा निकै पृथक हुनुका साथै एकदमै आत्मीय र मानवीय सम्बन्धमा आधारित रहेको छ ।
अहिलेको व्यस्त र एक्लोपनले भरिएको समाजमा, अनुभवी हजुरआमाहरूबाट सल्लाह र साथका साथै उनीहरुले पकाएर दिएक घरको खाना खान पाउनु वास्तवमा धेरैको लागि अमूल्य अनुभव बन्न थालेको छ।
एजेन्सीको सहयोगमा
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4