
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पहिलो पटक 'काठमाण्डौं हरर फिल्म फेस्टिभल' हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म आयोजना हुने भएको छ।
- नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरर, काल्पनिक र लोककथा विधाका फिल्मलाई प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागेको छ।
- महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा हुनेछ र उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्मलाई पुरस्कृत गरिनेछ।
काठमाडौँ । नेपालमा पहिलो पटक हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव ‘काठमाण्डौं हरर फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए ।
उनका अनुसार नेपालमा यी विधाका फिल्म खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवमार्फत यस्ता विधाका फिल्मलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको जनाएको छ ।
नेपालमा यस्ता फिल्म निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ)को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए ।
महोत्सव गर्नुको मुख्य उद्देश्य हरर, काल्पनिक र लोककथामा आधारित फिल्मको प्रवर्धन गर्ने र यी विधाका लागि दर्शक बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो ।
महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ । सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै फिल्मको लागि आवेदन पनि खुल्ला गरिएको पाठको भनाई छ ।
प्रतिक्रिया 4