+
+
Shares

घरमै बसेर पैसा कमाउन सकिने १० उपाय

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घरमै बसेर गहना बनाउने, चित्रकला, भ्लगिङ, क्रोशिया कला, लेखन, अनलाइन शिक्षण, सामाजिक सञ्जाल व्यवस्थापन, होम–मेड फूड, सिलाइ र अनलाइन रिसेलिङ गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन्।

पारिवारिक वा स्वास्थ्य सम्बन्धी कारणले धेरै महिलाहरू घर बाहिर गएर ७–८ घण्टाको जागिर गर्न सक्दैनन् । तर उनीहरू घरमा निष्क्रिय बस्न पनि चाहँदैनन् र आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहन्छन् । यदि तपाईं पनि यस्तै सोच राख्नुहुन्छ भने, घरमै बसेर राम्रो कमाइ गर्न सकिने केही उपायहरू छन् । यी उपायहरूले तपाईंको प्रतिभा, समय र सीपलाई सही दिशा दिन सक्छन् ।

१. गहना बनाउने

यदि साना, मसिनो र सिर्जनात्मक कामहरूमा रुचि छ भने गहना बनाउने काम राम्रो विकल्प हुन सक्छ । साना कोर्सहरू गरेर केही महिनामै यो सीप सिक्न सकिन्छ । आफ्ना डिजाइनहरू सामाजिक सञ्जाल वा अनलाइन स्टोरमार्फत बेच्न सकिन्छ । साथै, स्थानीय ब्रान्डहरूसँग सहकार्य गरेर पनि आफ्ना गहनालाई बजारसम्म पुर्‍याउन सकिन्छ ।

२. चित्रकला

घरमै बसेर आफ्ना कल्पनाहरूलाई क्यानभासमा, काठको प्लेटमा, सारी वा लुगामा उतारेर र आत्मनिर्भर बन्न सकिन्छ । आफ्ना चित्रहरू अनलाइन प्लेटफर्म, प्रदर्शनी वा सामाजिक सञ्जालबाट विक्री गर्न सकिन्छ ।

३. भ्लगिङ

क्यामेराको अगाडि बोल्न सक्ने आत्मविश्वास छ भने खाना, फेसन, हस्तकला, घर सजावट र यस्तै विषयमा भिडियो बनाएर भ्लगिङ सुरु गर्न सकिन्छ । यसरी भ्लगिङ गरेर युट्युब, फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

४. क्रोशिया कला

क्रोशिया र बुनाइ फेरि फेसनमा फर्किएको छ । सिलाइ बुनाइको सिप छ भने ऊन र धागोबाट लुगा, झोला, तकियाको कभर र अन्य सामान बनाएर अनलाइन वा लोकल बजारमा बेच्न सकिन्छ ।

५. लेखन

कथा, कविता, लेख वा ब्लग लेख्न मन लाग्छ भने अनलाइन लेखनबाट पैसा कमाउन सकिन्छ । विभिन्न वेबसाइटका लागि फ्रिलान्सिङ लेखन, आफ्नै ब्लग वा किताब लेखेर पनि आम्दानी गर्न सकिन्छ ।

६. अनलाइन शिक्षण वा ट्युसन

गणित, विज्ञान, भाषा वा कुनै सीप राम्रोसँग जान्नुहुन्छ भने घरमै बसेर अनलाइन कक्षा लिन सकिन्छ । जुम, गुगल, मिटजस्ता प्लेटफर्म प्रयोग गरेर विद्यार्थीहरूलाई पढाउन सकिन्छ ।

७. सामाजिक सञ्जाल व्यवस्थापन

पछिल्लो समय हरेक व्यवसायलाई सामाजिक सञ्जालमा उपस्थिति आवश्यक छ । यदि सामाजिक सञ्जाल सम्बन्धी राम्रो ज्ञान छ भने साना व्यवसायहरूका लागि सामाजिक सञ्जाल व्यवस्थापनको काम गर्न सकिन्छ । व्यवसायहरूलाई फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा सक्रिय राख्न सहयोग गर्न सकिन्छ । सामग्री तयार गर्ने, पोस्ट गर्ने, विज्ञापन चलाउने आदि काम गरेर घरमै बसेर पनि राम्रो कमाइ गर्न सकिन्छ।

८. होम–मेड फूड

खाना पकाउन मन पर्छ भने, घरमै बसेर बेकरी वा खानाको व्यवसाय शुरू गर्न सकिन्छ । केक, कुकिज, अचार, मिठाइ, आदि बनाएर बेच्न सकिन्छ । यो विशेष गरी साथी–आफन्त र सामाजिक सञ्जालको माध्यमबाट सजिलै बजारसम्म पुर्‍याउन सकिन्छ ।

९. सिलाइ

यदि सिलाइमा दक्षता छ भने कपडाको मर्मत, नयाँ कपडा सिलाउने वा घर सजावटका सामग्री तयार गर्ने कामबाट पनि आम्दानी गर्न सकिन्छ । अनलाइन अर्डर पनि लिन सकिन्छ ।

१०. अनलाइन रिसेलिङ

अनलाइन रिसेलिङ व्यवसाय पनि घरमै बसेर पैसा कमाउने सजिलो तरिका हो । थोक बजारबाट सामानहरू किनेर अनलाइन प्लेटफर्महरू फेसबुक, टिकटक, मार्केटप्लेस वा इन्टाग्राममा विक्री गर्न सकिन्छ । कपडा, गहना वा घरायसी सामानहरू रिसेल गरेर राम्रो नाफा कमाउन सकिन्छ । यो कामका लागि सुरुमा थोरै लगानी आवश्यक पर्छ, तर बजार बुझेर सही सामान छनोट गरेमा यो निकै फलदायी हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?