+
+
Shares

रौतहट उद्योग वाणिज्य संघमा गोपालीको प्यानल नै विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहट उद्योग वाणिज्य संघको अध्यक्षमा रविन्द्रनाथ गोपाली सर्वसम्मत रूपमा चयन भएका छन्।
  • सदस्य पदका लागि ११ जना विजयी भएका छन् जसमा रितेश अग्रवाल, चन्द्रप्रकाश अग्रवाल, विनोद कुमार लगायत छन्।

४ साउन, रौतहट । रौतहट उद्योग वाणिज्य संघमा रविन्द्रनाथ गोपालीको प्यानल नै विजयी भएको छ ।

अध्यक्ष पदका लागि रविन्द्रनाथ गोपाली पहिले नै सर्वसम्मत रूपमा चयन भएका थिए । अध्यक्ष सर्वसम्मत भए पनि अन्य ११ सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो ।

मत परिणाम अनुसार सदस्यमा रितेश अग्रवाल, सन्तोषकुमार केशरी, चन्द्रप्रकाश अग्रवाल, विनोद कुमार, राजु जयसवाल, सुनिल जयसवाल, भैरव साह, मनोज कुसवाहा, विजय कुशवाहा, दिपेन्द्र झा र अभिमन्यु गुप्ता विजयी भएका छन ।

नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम छिट्टै तोकिने निर्वाचन कार्यक्रम संयोजक ब्रिजकिशोर यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?