+
+
Shares

‘द फेस नेपाल’को उपाधि जोस र तृषालाई

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन्।
  • यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
  • प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडललाई नेपालमै प्रतिभा चिनाउन प्रतियोगिता गरिएको बताउनुभयो।

काठमाडौं । मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् ।

होटल सोल्टीमा भएको फिनालेमा उनीहरुले उपाधि जितेका हुन् । उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन् ।

यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फस्ट रनरअप, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेण्ड रनरअप तथा इर्भान वीर कंशकार र प्रतिष्ठा रिजाल थर्ड रनरअप भए ।

कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडललाई नेपालमै उनीहरुको प्रतिभा चिनाउन र मोडलिङ गर्नकै लागि विदेश जानु नपरोस् भनेर प्रतियोगिता गरिएको बताइन् ।

‘यो प्रतियोगितापछि यसको जुन किसिमको हाइप नेपालमा बढेको छ, विजेताले जुन किसिमको एक्सपोजर ल्याउनुभएको छ । त्यो कुराले हामी सन्तुष्ट र खुशी छौं’, उनले भनिन् ।

एजेन्सीका संस्थापक सम्शाद शाहले प्रतियोगिता मोडलहरुका लागि उपयुक्त प्लेफर्म बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?