+
+
Shares

राप्रपा वरिष्ठ उपाध्यक्ष र महामन्त्रीद्वयको विज्ञप्ति : गिरीलाई पूर्ववत् जिम्मेवारीमा फर्काइओस्

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्रीद्वयले मुकुन्दश्याम गिरीमाथिको पदमुक्ति फिर्ता लिन माग गरेका छन्।
  • उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णय विधानविपरीत र हठात भएको भन्दै पार्टी जीवनका लागि दुखद भएको बताएका छन्।
  • केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष गरी १६ जनाले पनि गिरीमाथिको कारबाहीको विरोधमा विज्ञप्ति जारी गरेका छन्।

४ साउन, काठमाडौं । पदमुक्त भएका राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीमाथिको कारबाहीको विरोधमा पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीद्वयले विज्ञप्ति जारी गरेका छन् ।

राप्रपा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महमन्त्रीद्वय डा. धवल शम्सेर राणा र कुन्ती कुमारी शाहीले गिरीमाथिको कारबाही फिर्ता लिँदै पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गरेका छन् ।

अध्यक्ष लिङ्देनको निर्णय विधानविपरीत र हठातको निर्णय भन्दै यो पार्टी जीवनका लागि दुखद भएको उनीहरुको निष्कर्ष छ ।

‘…स्पष्टिकरणको मौका समेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा र उल्लघंन गर्दै उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने पार्टीको प्रजातान्त्रिक छवीमा आँच ल्याउने स्वेच्छारिता अस्वीकार्य छ’, विज्ञप्तिमा भनिएको छ ।

नेता कार्यकर्ताको भावना बुझेर गिरीलाई पदमुक्त गर्ने निर्णय सच्चाउन उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

शनिबार पनि केन्द्रीय सदस्य र  जिल्ला अध्यक्षहरु गरी १६ जनाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयको विरोधमा विज्ञप्ति जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?