+
+
Shares

लिङ्देनको कारबाहीमा परेका गिरीले भने- हतोत्साही भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते २१:००

२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षबाट पदमुक्त भएका मुकुन्दश्याम गिरीले कारबाहीबाट हतोत्साही नभएको बताएका छन् ।

शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै गिरीले आफू राप्रपाको स्थापनाकालदेखि नै जोडिएको र पछिल्लो कारबाहीले हतोत्साही नभएको प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका थिए ।

गिरीले पार्टी नेतृत्वले आफूविरुद्ध लिएको निर्णयलाई विधान विपरीत भन्दै त्यसले दु:खी बनाएको उल्लेख गरेका छन् ।

‘राप्रपाको स्थापनाकालदेखिएको एक जना सिपाही भएको कारण म हतोत्साही भएको छैन, साथै मेरो पार्टीप्रतिको थप मतबुत भएको छ’, उनले फेसबुकमा लेखेका छन् ।

राप्रपको सृदुढीकरणका लागि आफू सधैं पार्टीका साथीहरुसँगै रहने उनको भनाइ छ ।

साथै उनले यस किसिमको कारबाही अन्यले भोग्नुनपरोस् भन्ने आफू सजग रहेको र पार्टी नेतृत्वको अन्यायको पक्षमा रहने कि नरहने अन्य नेताकार्यकताको जिम्मा रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?