+
+
Shares

भारतीय कारमा खसेको थियो ढुंगा, कस्तो छ घाइतेको अवस्था ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते १६:११

४ साउन, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खसेर घाइते भएका तीन जना नै भारतीय रहेको खुलेको छ ।

प्रहरीका अनुसार, उक्त ढुंगा खसेर घाइते भएका तीन जना नै भारतको आग्रा घर भएका व्यक्तिहरू हुन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको UP ८० GP २९२८ नम्बरको भारतीय कारमा ढुंगा खसेको थियो ।

जसका कारण तीन जना घाइते भएका थिए ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम छ ।

घाइते हुनेमा कार चालक भारतको आग्रा बस्ने ४२ बर्षका रतेन्द्र यादव, ३३ बर्षका हर्मोन यादव र ३५ बर्षका हितेन्द्र यादव रहेका छन् ।

अहिले पनि कार सडकमै रहेकोले हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?