+
+
Shares

खपत कम हुँदा पनि बिजुली बिल धेरै आएको व्यवसायीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीका होटेल व्यवसायीहरुले डिजिटल मिटरबाट विद्युत बिल अस्वभाविक रुपमा बढी आएको भन्दै नेपाल विद्युत प्राधिकरण बुटवलमा ४ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
  • एनएचए लुम्बिनीका अध्यक्ष प्रबिणबहादुर पाठकले डिजिटल मिटरको सट्टा वैकल्पिक मिटर जडान र अस्वभाविक बिलिङ समायोजन गर्न माग गरेका छन्।
  • प्राधिकरणका कार्यालय प्रमुख कपिलराज पाण्डेले व्यवसायी र प्राधिकरणले तथ्यांक तुलना गरी समाधान निकाल्ने र आवश्यक परे थप अध्ययन गर्ने बताएका छन्।

५  साउन, बुटवल । विद्युतको खपत कम हुँदा पनि तुलनात्मकरुपमा  बिलिङ धेरै आएको भन्दै रुपन्देहीका होटेल व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरण बुटवलमा ज्ञापनपत्र बुझाएका छन् ।

नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीको एक टोलीले प्राधिकरणको बुटवल कार्यालय प्रमुख कपिलराज पाण्डेलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

व्यवसायीहरुले डिजिटल मिटर प्रयोगमा आएपछि अस्वभाविक रुपमा बिलिङ धेरै आएको गुनासो गरेका छन् ।

एशोसिएसनका अध्यक्ष प्रबिणबहादुर पाठकले डिजिटल मिटरको सट्टा भरपर्दो वैकल्पिक मिटर जडानको व्यवस्था गर्न, डिजिटल मिटर जडान पश्चात अस्वभाविकरुपमा बढेको युनिट तथा महशुल रकम समायोजन गर्न माग गरेका छन् ।

 यस्तै होटल प्यानलबाट लिइएको युनिट र प्राविधिक हिसाबबाट लिइएको युनिटमा समानता सुनिश्चित गर्न तथा अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । लोडसेडिङ गर्ने भए तालिका सार्वजनिक गर्न पनि व्यवसायीको माग छ ।

दैनिक रूपमा बारम्बार लाइन जाने, भोल्टेज तल माथि हुने जस्ता कारणले गर्दा इलेक्ट्रिक उपकरणहरुमा खराबी र पूर्णरूपमा नष्ट हुने समस्या आउंदा ठूलो आर्थिक क्षति भोग्नुपरेको एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले गुनासो गरे ।

‘जेठ महिनामा भन्दा असारमा होटेलको व्यवसाय आधा कम भएको हुंदा विद्युत खपत पनि स्वभाविक रुपमा कम हुनुपर्नेमा बिल झन् धेरै आउंदा डिजिटल मिटरप्रति विश्वस्त हुन सकिएन’, गौचनले भने, ‘डिजिटल मीटरको रिडिङमा अनुमानित र मनोमानी बिलिङ हुने आशंका गहिरो छ, यसमा स्वतन्त्र अध्ययन जरुरी छ ।’

व्यवसायिक प्रयोजनको मात्र नभई घरायसी प्रयोजनको विद्युत महसुल पनि असार महिनाको अघिल्लो महिनाको भन्दा दोब्बर तेब्बर आउने समस्या विगत वर्षदेखि नै रहेको तिलोत्तमा नगरपालिका–४ का बुद्धिजिवी यमलाल भुसाल बताउँछन् ।

व्यवसायीको ज्ञापनपत्र बुझेपछि कार्यालय प्रमुख कपिलराज पाण्डेले व्यवसायीका माग र समस्या सम्बोधनका लागि साउन महिनामा खपत हुने विद्युतको मात्रा बारे प्राधिकरण र व्यवसायी दुबैले तथ्यांक राखेर तुलना गरी समाधानको उपाय निकाल्ने बताए । त्यसबाट पनि चित्त नबुझे थप अध्ययन गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?