
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका तथा अभिनेत्री सेलेना गोमेजले संगीतकार बेनी ब्लान्कोसँग सेप्टेम्बर २०२५ मा क्यालिफोर्नियामा विवाह गर्ने निर्णय गरेकी छिन्।
- सेलेना र बेनीले डिसेम्बर २०२४ मा इन्गेजमेन्ट गरेका थिए र विवाह समारोह दुई दिनसम्म चल्नेछ।
- सेलेना र बेनीको विवाह अत्यन्तै निजी हुनेछ र नजिकका साथीभाइ तथा परिवारका सदस्य मात्र उपस्थित हुनेछन्।
लस एन्जलस । गायिका तथा अभिनेत्री सेलेना गोमेजले विवाह गर्ने निर्णय गरेकी छिन् । संगीतकार तथा प्रेमी बेनी ब्लान्कोसँग केही वर्ष डेट गरेपछि उनी अब विवाह बन्धनमा बाँधिन लागेकी हुन् ।
सेलेना र बेनीले सेप्टेम्बर २०२५ मा क्यालिफोर्नियामा विवाह गर्दैछन् । ‘डेली मेल’को रिपोर्टअनुसार, सेलेना र बेनीको विवाह अत्यन्तै निजी हुनेछ, जसमा नजिकका साथीभाइ र परिवारका सदस्य मात्र उपस्थित हुनेछन् ।
थुप्रै चर्चित सेलिब्रेटी विवाहमा उपस्थित हुने अपेक्षा गरिएको छ । पपस्टार टेलर स्विफ्ट प्रेमी ट्राभिस क्लेससँग पुग्ने जनाइएको छ ।
विवाह समारोह दुई दिनसम्म चल्नेछ । यद्यपि, विवाहस्थल र विवाहको विषयवस्तुको विवरण अझै खुलाइएको छैन ।
विवाह कार्ड छापिएको र नजिकका आफन्तलाई पठाएको बताइएको छ । अभिनेत्रीका फ्यान र परिवार विवाहलाई लिएर धेरै उत्साहित छन् । यद्यपि, यी दुईले अहिलेसम्म विवाहको खबरमा प्रतिक्रिया दिएका छैनन् । आधिकारिक रूपमा विवाहको मिति पनि घोषणा गरेका छैनन् ।
सेलेना र बेनीले डिसेम्बर २०२४ मा इन्गेजमेन्ट गरेका थिए । इन्स्टाग्राममा इन्गेजमेन्टका सुन्दर तस्वीर पनि सेयर गरेका थिए । फोटोमा सेलेनाले ठूलो आकारको हीराको औंठी पनि देखाएकी थिइन् ।
सेलेना र बेनीको प्रेमकथाको कुरा गर्दा, दुवै धेरै वर्षदेखि एकअर्काको साथी थिए । दुवैको पहिलो भेट सन् २०१५ मा भएको थियो, जब उनीहरू सेलेनाको एल्बम ’सेम ओल्ड लभ’ मा काम गरिरहेका थिए ।
सन् २०२३ मा एकअर्कालाई डेट गर्न थालेका थिए ।
प्रतिक्रिया 4