 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'माग्ने राजा' को पारिश्रमिक र मिस पबीको दृश्य कटौतीबारे गसिप चलेको छ।
- निर्देशक ऋषि लामिछानेले मिस पबीलाई फिल्मबाट ननिकालेको र ट्रेलरमा बोलाइने बताएका छन्।
- मिस पबीले आफूलाई लिएर चलेका हल्ला खण्डन गरेकी छिन् र निर्देशकले पनि सोही कुरा प्रष्ट पारेका छन्।
काठमाडौं । फिल्म ‘माग्ने राजा’लाई लिएर केही गसिप चले । माग्ने बुढाको अप्रमाणित ६१ लाख पारिश्रमकको फन्डा होस् या मिस पबीको दृश्यमा कैंची चलाइएको कुरा ।
शीर्ष गीत सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलन पनि यी प्रश्नबाट अछुतो रहेन । पत्रकारले माग्ने बुढाको पारिश्रमिकदेखि मिस पबीसम्मबारेका प्रश्न तेर्साए ।
प्रेसमिटमा निर्देशक ऋषि लामिछानेलाई पत्रकारले मिस पबी किन प्रमोसन क्याम्पेनबाट हराइन् भनेर प्रश्न सोधिएको थियो । जवाफमा लामिछानेले मिस पबीलाई फिल्मबाट नहटाइएको बताए ।
‘मिस पबीलाई निकालेको होइन । पत्रकारले कहाँ सुन्नुभयो, कहाँ लेख्नुभयो, मले त पढ्या छैन’ उनले भने, ‘अर्को फिल्म किन लाग्छ मायाको सुटिङमा ब्यस्त भएकाले आज आउन सक्नुभएन ।’

ट्रेलर वा प्रिमियरमा अवश्य पनि मिस पबीलाई बोलाइने उनले बताए । ‘उहाँले आज आएर डबिङ गर्नुभएको छ’ लामिछानेले भने, ‘निकालिएको भन्ने कुरा पत्रकारबाटै सुनेको हुँ ।’
यसअघि केही मिडिया विवरणमा मिस पबीलाई जति दृश्यको लागि साइन् गराइएको थियो, सो अनुसार काम गर्न नसकेको उल्लेख गरिएको थियो । उनले गर्ने भनेको दृश्य काटेर एक महिला पत्रकारलाई अभिनय गराइएको पनि लेखिएको थियो ।
फिल्ममा मिस पबीले पत्रकारको रोल गर्ने र उनका जम्मा २ वटा दृश्य रहेको समेत उक्त विवरणमा उल्लेख थियो । उनको काम गर्ने शैलीबाट निर्माण युनिट सन्तुष्ट नभएको पनि बताइएको थियो ।
केही दिनअघि उनले अभिनय गरिरहेको टिभी शो ‘कमेडी दरबार’मा अनलाइनखबरसँगको कुराकानीमा मिस पबीले यो फिल्ममा आफूलाई लिएर चलेका हल्लाको खण्डन गरेकी थिइन् ।
ठ्याक्कै यही शैलीमा निर्देशक लामिछानेले पनि मिस पबीलाई फिल्मबाट ननिकालिएको प्रष्टीकरण दिएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4