+
+
Shares

गत आव लक्ष्य अनुसार बनेनन् सडक पुल

आर्थिक वर्ष अन्त्यसम्म १ सय ५ वटामात्र सडक पुल निर्माण सम्पन्न भएको देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १८:०१
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा गत असार तेस्रो साता सञ्चालनमा आएको नयाँ पुल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले १ सय ५० सडक पुल निर्माण गर्ने लक्ष्य राखेको थियो।
  • आवको अन्त्यसम्म १ सय ५ वटा सडक पुल मात्र निर्माण सम्पन्न भएका छन्।
  • यस वर्ष नयाँ सडक कालोपत्र ९ सय ३० किलोमिटर र ३ सय १४ किलोमिटर सडक मर्मत गरिएको छ।

५ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्य अनुसार सडक पुल निर्माण हुन नसकेको देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस आव सरकारले १ सय ५० पुल निर्माण लक्ष्य राखेको थियो । यसमध्ये आव अन्त्यसम्म १ सय ५ वटामात्र सडक पुल निर्माण सम्पन्न भएको देखिएको छ ।

सरकारले सडक निर्माण लक्ष्यभन्दा धेरै गरे पनि पुल भने लक्ष्य अनुसार बनाउन सकेन । यस आवमा मुग्लिङ–पोखरा खण्डमा मात्र ११ पुल बनेका छन् ।

यस वर्ष नयाँ सडक कालोपत्र भने ९ सय ३० किलोमिटर बराबर भएको छ । मन्त्रालयका अनुसार एक वर्ष अवधिमा ३ सय १४ किलोमिटर सडक मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यो लक्ष्यको ९० प्रतिशत हाराहारी रहेको समेत मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?