+
+
Shares

भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा, नाम राखियो ‘साइबेरियाली राजपुत्रिका’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:४३

६ साउन, काठमाडौं । भक्तपुर जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । समुद्र सतहबाट १ हजार ३९९ मिटर उचाइमा रहेको मध्यपुर थिमी मनोहाराफाँटमा नयाँ प्रजातिको चरा फेला परेको हो ।

नयाँ प्रजातिको चरालाई ‘साइबेरियाली राजपुत्रिका’ (Siberian Sand Plover) नाम दिइएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीले जानकारी दिएका छन् । यससँगै नेपालमा चरा प्रजातिको संख्या ९०२ पुगेको सुवेदीको भनाइ छ ।

नेपालका चराविद कुमुद पराजुली सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनको क्रममा मिति २०८२ असार ६ गते दिउँसो साढे २ बजे नयाँ चरा देखेर क्यामरामा कैद गरेका थिए । नयाँ चरा एकिन तथा पुष्टि गर्न उनीहरुले असार ९ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।

त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविदहरूसँग पनि रायसुझावको आधारमा सो चरा नेपालका लागि नयाँ भएको पुष्टि भएको हो ।

‘चराविदहरू कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले देख्नुभएको उक्त चराको अंग्रेजी नाम Siberian Sand Plover र वैज्ञानिक नाम Charadnus mongolus Pallas, 1776 हो । यसको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको छ,’ नेपाल बर्ड कमिटीका अध्यक्ष डा. सुवेदीले आज साउन ६ गते जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रुपमा पाइन्छ । बसाइँ सराइँको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, अस्ट्रेलिया, न्यूजील्याण्डमा पनि रेकर्ड भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?